नेकपा (एकिकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले ईतिहास बोकेका कार्यकर्ताले चुनाव चिन्ह भन्दापनि भविश्य हेर्ने विश्वास व्यक्त गर्नुभएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)को शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश कमिटिको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्तालाई चुनाव चिन्ह भन्दा पनि राजनीतिक भविश्य हेर्न आग्रह गर्नुभएको हो ।
उहाँले एकिकृत समाजवादी पार्टी युवा र सम्मान गर्न लायक अग्रजहरुको पार्टी बन्ने दावी गर्दै क्रान्तिकारी बिचार बोकेका युवाहरुले चुनाव चिन्ह भन्दा पनि बिचार र राजनीतिक भविश्य रोज्ने विश्वास व्यक्त गर्नुभयो ।
आफूहरु बिद्रोहबाट आएकोले चुनौतीहरु पनि रहेको बताउँदै उहाँले ती चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताउनु भयो । लुम्बिनीमा आफूहरुलाई चुनौति दिनेहरुलाई आफूहरुले पनि चुनौती दिएको नेतृ झाक्रीले बताउनु भयो ।