जनगणना अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीहरुको सरुवा रोकियो

1.3K

जनगणना अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीहरुको सरुवा रोकियो

राष्ट्रिय जनगणना अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीहरुको सुरुवा रोकिएको छ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्न आग्रह गरेको थियो ।
त्यसैका आधारमा मन्त्रालयले स्थानीय तहमा खटिएका खटिएका कर्मचारीहरुको जनगणना अवधिभर सरुवा रोकेको हो । नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ । सोही अनुसार गत भदौ ३० देखि राष्ट्रिय जनगणना सुरु भईसकेको छ ।
त्यसको मुख्य काम भने कात्तिक २५ देखि मंसिर ९ गते भित्र हुनेछ । राष्ट्रिय जनगणनामा खटिएका स्थानीय तहका कर्मचारीलाई कार्यरत स्थानमै रहने व्यबस्था मिलाएर सरुवा रोकेको हो ।