नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि दशैंको लागि नया नोट सटही सुरु गरेको छ । राष्ट्र बैंकले दशैंको लागि घटस्थापना अगावै प्रत्येक वर्ष नयाँ नोट सटही गर्दै आएको छ । तर गतवर्ष भने कोरोना भाईरस महामारीका कारण नयाँ नोट सटही गरेको थिएन ।
सर्वसाधारणको सुविधाको लागि बैंकले यो वर्ष राष्ट्र बैंकको थापाथली कार्यालय र प्रादेशिक कार्यालय सहित अन्य बैंक तथा बित्तिय संस्थालाई नयाँ नोट सटही गर्न दिएको छ । यसले एकैठाउँ धेरै भिडभाड नहुने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो वर्ष प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका एक एक गड्डी गरी १८ हजार ५ सय रुपैंया बराबरको नयाँ नोट सटही गर्ने जनाएको छ ।