मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता

361

मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता भएकाे पाईएकाे छ । बुटवलकाे ज्याेतीनगरमा पहिराेकाे निरीक्षणका क्रममा साेमबार बिहान मेयर सुवेदीलाई एक युवकले मुक्का प्रहार गरेका थिए ।

एमाले रुपन्देहीका अध्यक्ष समेत रहेका मेयर सुवेदीलाई मुक्का हान्ने युवक बुटवल ३ ज्याेतीनगरका गणेश पंगेनी एमालेकाे भातृ संगठन अनेरास्ववीयु रुपन्देहीका जिल्ला कमिटी सदस्य हुन ।

लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थी रहेका पंगेनी मदन भण्डारी फाउण्डेशनका सदस्य समेत रहेकाे बुझिएकाे छ ।