मेयरलाई मुक्का हान्ने युवकलाई मुद्धा नचलाउने

1.3K

मेयरलाई मुक्का हान्ने युवकलाई मुद्धा नचलाउने

नेकपा एमाले रुपन्देहीका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने आफ्नै पार्टीका युवक गणेश पंगेनीलाई एमालेले मुद्धा नचलाउने भएको छ । मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले बुटवल नगर कमिटिका अध्यक्ष बाबुराम पन्थीले मुक्का हान्ने युवकलाई मुद्धा चलाउने पक्षमा आफूहरु नरहेको बताउनु भएको हो ।
सोमबार बुटवलको ज्योतीनगर क्षेत्रमा पहिरोको निरीक्षण गर्न पुगेका मेयर सुवेदीलाई एमालेकै कार्यकर्ता अनेरास्ववीयु रुपन्देहीका जिल्ला कमिटि सदस्य ज्योतीनगर निवासी पंगेनीले मुक्का प्रहार गरेका थिए । यद्यपी ति मुक्का हान्ने युवक पंगेनीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।