जनताको आक्रोस स्वाभाविक : उपमेयर आचार्य

2.4K

जनताको आक्रोस स्वाभाविक : उपमेयर आचार्य

बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जनताको आक्रोस स्वाभाविक भएको बताउनु भएको छ । उहाँले स्थानीय सरकार स्थानीय जनताको अभिभावक पनि भएकाले आफ्नो अभिभावकसंग माग गर्नु, दङ्ल्याउनु, रुनु, आक्रोस व्यक्त गर्नु स्वभाविक भएको बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघले मंगलबार बुटवलमा आयोजना गरेको सञ्चारको हक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमेयर आचार्यले यद्यपी हातपातमै उत्रिनु राम्रो कुरा नभएको बताउनु भयो ।
सोमबार मात्रै बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा पहिरोको स्थलगत निरीक्ष्णका क्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि स्थानीय युवाले मुक्का प्रहार गरेका थिए । मुक्का हान्ने एमालेकै कार्यकर्ता गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।