शान्ति समाजको प्रदर्शन : आणविक अस्त्र निषेध सन्धि अनुमोदन होस्

459

शान्ति समाजको प्रदर्शन : आणविक अस्त्र निषेध सन्धि अनुमोदन होस्

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)को अवसरमा मंगलबार बुटवलको राजमार्ग चौराहामा प्ले कार्ड सहित प्रदर्शन गरिएको हो ।
आणविक अस्त्रको होडबाजीमा रहेका राष्ट्रहरु अमेरिका, रुस, चिन, उत्तरकोरिया, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल, नेपाल लगायतका देशलाई आणविक अस्त्र बिरुद्धको सन्धि अनुमोदनको माग सहित मंगलबार बिहान प्रदर्शन गरिएको हो ।
मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार बालकृष्ण चापागाईले शान्ति समाजले सधै न्याय र शान्तिको पक्षमा पैरवी गर्दै आएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै समाजकी केन्द्रीय सचिव मीना ढकालले आणविक अस्त्र मानवअधिकार बिरुद्ध हुने भएकाले आणविक अस्त्र निषेधको अभियानलाई समाजले अगाडि बढाएको बताउनु भयो । कार्यक्रम समाजका सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।