अघिल्लो सरकारले नियुक्त गरेका राजदुतलाई सरकारले फिर्ता बोलायो

168

अघिल्लो सरकारले नियुक्त गरेका राजदुतलाई सरकारले फिर्ता बोलायो

सरकारले अघिल्लो सरकारले नियुक्त गरेको राजदुतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले अघिल्लो केपि ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै राजदुतलाई फिर्ता बोलाउने निर्णय गरिएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भयो ।
अघिल्लो सरकारको नियुक्ति गरेका भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदुत छन् ।