पहिराेले पुरेर गुल्मीमा एकै परिवारका तीन बहिनीकाे मृत्यु

414

पहिराेले पुरेर गुल्मीमा एकै परिवारका तीन बहिनीकाे मृत्यु

गुल्मीमा पहिराेले पुरेर एकै परिवारका तीन जनाकाे ज्यान गएकाे छ । अविरल वर्षासंगै मंगलबार राती आएकाे पहिराेले रेसुङ्गा नगरपालिका वडा नम्बर-८ खानिगाउँ थुम्काका २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

राती करिव २ बजेतीर पहिराे गएकाे र उनीहरुकाे शव बिहान ४ बजे निकालिएकाे हाे । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरेकाे हाे । पहिराेले घर पुरिदा बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको हाे ।

तिलक परियारको घरमा ६ जनाको परिवार मध्ये तिलक सहित श्रीमती र एक छाेरी सकुशल रहेकाे प्रह रीले जनाएकाे छ । मृतककाे शबलाई गुल्मीकाे जिल्ला अस्पताल तम्घासमा राखिएकाे छ ।