ज्योतीनगरका पहिरो विस्थापितलाई नगरपालिकाले आवाश भाडा सहयोग गर्ने

559

ज्योतीनगरका पहिरो विस्थापितलाई नगरपालिकाले आवाश भाडा सहयोग गर्ने

बुटवल उपमहानगरपालिकाले पहिरोबाट विस्थापित भएका परिवारको आवास भाडा सहयोग गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाको पहिरो प्रभावित ज्योतिनगर लक्ष्मीनगर क्षेत्रको निरीक्षणका क्रममा स्थानीयले मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गरेपछि घर बहाल सहयोग गर्ने निर्णय गरेको हो ।
हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्न नमिल्ने भएर विद्यालयहरुमा आश्रय लिएका पीडित परिवारलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने निर्णय गरिएको मेयर सुवेदीले बताउनु भएको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका मेयर सुवेदीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।
पहिरो र बाढीले पूर्ण रुपले घर–आवास क्षति भएर विद्यालयहरुमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद ब्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप बहाल रकम सहयोग गर्ने निर्णय भएको उपमेयर सुवेदीले बताउनु भयो । उहाँले बिद्यालयमा आश्रय लिईरहेका परिवारलाई तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नको लागि नगरपालिकाले यो निर्णय गरेको बताउनु भयो ।
विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद ब्यवस्थापन समिति मार्फत प्रकृया अगाडि बढाइने छ ।