धानको समर्थन मुल्य १७ रुपैंयाले बढ्यो

123

धानको समर्थन मुल्य १७ रुपैंयाले बढ्यो

सरकारले चालु आर्थिक वर्षको लागि धानको समर्थन मुल्य तोकेको छ । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को लागि मोटा धानको न्यूनतम प्रति क्वीनटल २ हजार ७५२ र मध्येम किसिमको धानको समर्थन मुल्य प्रति क्वीनटल २ हजार ९०२ रुपैयाँ तोकेको हो ।
यो मुल्य अघिल्लो वर्षको भन्दा क्वीनटलमा १७ रुपैंया बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष मोटा धानको प्रति क्वीनटल २ हजार ७३५ र मध्यम धानको मूल्य २ हजार ८८५ रुपैयाँ तोकिएको थियो ।