नेपाली काँग्रेसको १४ औं महाधिवेशन : बुटवलमा पाण्डे र केसीको उम्मेदवारी घोषणा

1.3K

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : बुटवलमा पाण्डे र केसीको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आगामी शनिबार हुने बुटवल उपमहानगरपालिकाको अधिवेशनमा नेता रामचन्द्र पौडेलको समुहबाट खेलराज पाण्डे र सभापति शेरबहादुर देउवा समुहबाट रीता केसीले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
बिहिबार बुटवलमा छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर दुबै पक्षको टिमले उम्मेद्वारी घोषणा गरेको हो । पार्टीको संस्थापन ईतर समुहबाट सभापतिमा पाण्डे सहित उपसभापतिमा ज्योती भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी तथा सहसचिवमा देवराज अर्गली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
त्यस्तै संस्थापन पक्षले पनि सभापतिमा रीता केसी सहित उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल तथा सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेलाई अगाडि सारेको छ ।
पत्रकार सम्मेलनमा प्रयास गरिएपनि सहमति हुन नसकेकाले टिम बनाएर उम्मेदवारी घोषणा गर्नुपरेको संस्थापन पक्षका संयोजक युवराज गिरीले बताउनु भयो ।
त्यस्तै संस्थापन इतर समुहका संयोजक रामबहादुर कार्कीले सहमतिको प्रयास हुँदा हुँदै अर्को पक्षले एकाएक उम्मेदवारी घोषणा गरेकोले आफूहरु पनि बाध्य भएर उम्मेदवारी घोषणा गरिएको बताउनु भयो । यद्यपी अझै पनि सहमतिको प्रयास हुने भन्दै उहाँले अन्तिम अवस्था सम्म सहमतिको प्रयास गरिने बताउनु भयो ।