नेपाली कांग्रेसको वडा अधिवेशनः वाणगंगा–११ मा सर्वसम्मत

1.3K

नेपाली कांग्रेसको वडा अधिवेशनः वाणगंगा–११ मा सर्वसम्मत

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा कपिलवस्तुको वाणगंगा –११ मा नरेन्द्र चोधरीको नेतृत्वमा सर्व सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको उप–सभापतिमा नामदेव भट्टराई, शिराज अहमद, सचिवमा अन्नत प्रसाद पाठक, युवराज पाण्डे, सह–सचिव गिता भण्डारी, हरिद्वार प्रसाद चौधरी, सदस्यहरुमा नारायणी अधिकारी, विमला शर्मा, गिता खनाल, निर्मला खनाल, कृष्ण प्रसाद भट्टराई, मति उल्लाह गद्दी, सिताराम थारु, तिलराम खनाल, जयकरण थारु, दयाराम शर्मा, अनिल ज्ञवाली, कमल प्रसाद भुसाल, भदै थारु, गेमलाल दमै, चन्द्रमान गुप्ता, मिना कुमारी थारु, दुर्गामति थारु, सिर्जना बिक चयन भएका छन् ।

यस्तै वडाको क्षेत्रीय प्रतिनिधिहरु समेत सर्वसम्मत घोषणा गरिएको छ । जस अनुसार क्षेत्रीय प्रतिनिधिमा मंगल प्रसाद थारु, हरि आचार्य, होमनाथ अधिकारी, रवि काफ्ले, धु्रब नेपाल, भग्नु प्रसाद चौधरी, कृष्ण प्रसाद चौधरी, श्याम कुमार गुप्ता, युनुस मुसलमान, सावित्रा बिक, इमकला खत्री क्षेत्री, लक्ष्मण कँडेल, संगीता शर्मा पोख्रेल चौधरी, राम शंकर चौधरी, खुमा शर्मा वाग्ले, देवकला सुवेदी, लक्ष्मी ढकाल गौतम, गेलहीराम गुप्ता रहेका छन् ।

सर्वसम्मत निर्वाचित वडा सभापति नरेन्द्र चौधरीले वडामा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाउनु भयो । बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बाणगंगा ११ मा सबैको जित भएको बताउँदै वडा नं. ११ ले अहिले सर्वसम्मत नेतृत्व आवश्यक रहेको भन्ने सन्देश दिन सफल रहेको बताउनु भयो ।

निर्वाचित प्रतिनिधिहरुलाई निर्वाचन अधिकृत गंगा न्यौपानेले प्रमाणपत्र हस्तान्तरण गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै वडा नं. ११ ले सकारात्मक सन्देश दिएको बताउनु भयो । कपिलवस्तु जिल्लालाका ९६ वडाहरुमा अधिकांस वडामा सर्वसम्मत नेतृत्व छनोट भएको छ भने केही वडाहरुमा निर्वाचनको चरणमा रहेका छन् ।