नेपाली काँग्रेस बुटवल उपमहानरपालिकाको नगर सभापतिमा खेलराज पाण्डे निर्वाचित हुनु भएको छ । महिला नेतृ रीता केसीसंग भएको प्रतिस्पर्धामा २८८ मत अन्तरले सभापतिमा पाण्डे निर्वाचित हुनु भएको हो । कुल ५४५ मत खसेकामा पाण्डेले ४१२ मत प्राप्त गर्नुभएको छ भने केसीले १२४ मत प्राप्त गर्नुभएको मतदान अधिकृत जीवनारायण अधिकारीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका जिल्लामा शनिबार नगर अधिवेशन भएको हो । रुपन्देही जिल्लामा पनि भदौ १८ को तालिकामा वडा अधिवेशन सम्पन्न भएको थियो ।
रुपन्देही जिल्लाका १६ स्थानीय तहमध्ये सबैको नजर बुटवल उपमहानगरपालिकामा थियो । पूर्वपश्चिम र उत्तरदक्षिणको संगम पनि भएकाले बुटवल सबैको चाखमा परेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट पाण्डे र सभापति शेरबहादुर देउवा समुहबाट केसी प्यानल सहित चुनावी मैदानमा उत्रिनु भएको थियो ।
बाँकी १ सहसचिव बाहेक सबै पदमा पाण्डेको प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । उपसभापतिमा ज्योती भण्डारी (४०३) र हितमान पुन (२८२), सचिवमा गंगा पन्थी (३०७), र छायाँ पाेखरेल (२९४) तथा सहसचिवमा गणेश घिमिरे (३००) र देवराज अर्गली (२९७) मत सहित विजयी हुनु भएको छ । सहसचिवमा निर्चित घिमिरे केसी प्यानलका हुन । बाँकी सदस्यमा भने सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।