रुपन्देहीकाे सैनामैना नगरपालिमा कांग्रेस सभापतिमा रणबहादुर खनाल निर्वाचित हुनुभएकाे छ । १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएकाे नगर अधिवेशनबाट २४ मत अन्तरले सभापतिमा खनाल विजयी हुनुभएकाे हाे ।
सभापतिमा निर्वाचित खनालले १२६ मत पाउनु भएकाे थियाे भने प्रतिद्वन्दी कृष्णप्रसाद पाेखरेलले १०२ मत प्राप्त गर्नुभयाे । कुल २४० मत खसेको थियो ।