मतदानस्थलको फोहोर आफै उठाए बुटवलका सभापति पाण्डे सहितका पदाधिकारले

369

मतदानस्थलको फोहोर आफै उठाए बुटवलका सभापति पाण्डे सहितका पदाधिकारले

नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा भारी मतान्तरले विजयी भएका खेलराज पाण्डेले आफू निर्वाचित मतदान स्थलको फोहोर उठाएर कार्यारम्भ गर्नु भएको छ । मतदानस्थल रहेको बुटवलको सिद्धेश्वरी मैदान र सिद्धेश्वरी माध्यमिक बिद्यालय परिषरमा सभापति पाण्डे सहित पदाधिकारीहरूले आज बिहानै सरसफाइ गरेका हुन् ।

शनिबार सम्पन्न भएको नगर अधिवेशनबाट बुटवलको सभापतिमा संस्थापन इतर समूहका पाण्डे तेस्रो कार्यकालका लागि भारी मतका साथ बिजयी हुनु भएको थियो । उहाँले ४१२ मत ल्याउदा उहाँका प्रतिस्प्रर्धी रिता केसीले १२४ मत ल्याउनु भएको थियो । उपसभापतीमा ज्योति भण्डारी ४०३,हितमान पुन २८२ ,सचिबमा सचिव,गंगा पन्थी ३०७,छाया पोखरेल २९४ सहसचिवमा देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मतका साथ बिजयी भएका छन ।

बिजय भएपछि सभापति खेलराज पाण्डेले सबैलाइ मिलाएर अघि बढ्ने बताउनु भयो । उहाँले बुटवलमा कांग्रेसलाई पहिलो शक्ति बनाएरै छाड्ने प्रतिबद्धता जनाउनु भयो । नगरमा ५६९ मतदाता रहेकोमा जम्मा ५४५ मत खसेको थियो ।