नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पाल्पाको तानसेन नगरपालिकाको नगर अधिवेशन स्थगित भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाँकी ९ वटा स्थानीय तहमा भने निर्वाचन सम्पन्न भएको छ ।
त्यसमध्ये निस्दी, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
पूर्वी पाल्पाको रामपुर नगरपालिकाका पश्चिमको रिब्दीकोट गाउँपालिकामा निर्वाचन भएको थियो । जस अनुसार निस्दी पूर्णबहादुर खाँण, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा बिष्णु पोखरेललाई सर्वसम्मत चयन गरिएको हो । ती गाउँपालिकामा बाँकी पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ ।
रिब्दीकोट गाउँपालिकाको सभापतिमा रामचन्द्र पाण्डे निर्वाचित हुनु भएको छ । पदाधिकारी सदस्यमा सर्वसम्मत भएपनि सभापतिमा निर्वाचन भएको थियो । सभापतिमा निर्वाचित पाण्डेले ९७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी ईन्द्र पाण्डेले ७ मत प्राप्त गर्नभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै पाल्पाको रामपुर नगरपालिकाको सभापतिमा नेत्रप्रसाद भट्टराई विजयी हुनु भएको छ । भट्टराई ४३ मत अन्तरले विजयी हुनु भएको हो । सभापतिमा निर्वाचित भट्टराईले १२५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अर्जुन रेग्मी ८२ मत प्राप्त गर्नुभएको छ ।
पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिकामा भने स्थगित गरिएको छ । शनिबार उद्घाटन कार्यक्रम सकिएपछि बन्द सत्र नहुँदै अधिवेशन स्थगित गरिएको हो । तानसेन नगरपालिकामा पार्टीको नेतृत्व लिनको लागि पाल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ र सुवर्णमुनी शाक्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाली काँग्रेसको महाधिवेशन तालिका अनुसार गत भदौ १८ मा तोलिकएको वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार पालिका अधिवेशन भएको हो ।