बुटवल उद्याेग वाणिज्य संघमा ढुवानी बस्तुगत समिति गठन

705

बुटवल उद्याेग वाणिज्य संघमा ढुवानी बस्तुगत समिति गठन

बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीमा ढुवानी बस्तुगत समिति गठन गरिएकाे छ । आईतबार संघमा भएकाे सदस्य व्यबसायीहरुकाे बैठकले रामप्रसाद गैरेकाे सभापतित्वमा ढुवानी बस्तुगत समिति गठन गरिएकाे हाे ।
समितिकाे उपसभापतिमा विकास शर्मा आचार्यलाई चयन गरिएकाे छ । समितिकाे सदस्यहरुमा गाेविन्द श्रेष्ठ, खिमानन्द खनाल र उज्जवल केसीलाई चयन गरिएकाे छ ।
समितिकाे सल्लाहकारमा लाेकराज पाेखरेल, कमल घिमिरे, श्यामराज हमाल, जीतबहादुर भाट, रामबहादुर केसी, माधवप्रसाद नेपाललाई चयन गरिएकाे छ ।
समिति गठन कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघका गतिबिधिकाे बारेमा जानकारी गराउंदै व्यबसायिका समस्या पहिचान गर्न बस्तुगत समितिलाई आग्रह गर्नुभयाे । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानमा संघले पहल र पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
संघका उद्याेग उपाध्यक्ष टंकप्रसाद गैरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, ढुवानी बस्तुगत समितिका सल्लाहकार लाेकराज पाेखरेल, नवनिर्वाचित सभापति रामप्रसाद गैरे लगायतले भनाई राख्नुभएकाे थियाे ।