सैनामैनामा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु

95

सैनामैनामा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु

रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन ।
। कलेज जान हिडेका छोरालाई बाटो सम्म पु¥याउन आउनु भएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारकालागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्युु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।