पातलो प्लाष्टिक आयातमा भएको प्रतिवन्धले उत्पादन प्रभावित : संशोधनको तयारी

1.3K

पातलो प्लाष्टिक आयातमा भएको प्रतिवन्धले उत्पादन प्रभावित : संशोधनको तयारी

सरकारले पातलो प्लाष्टिक उत्पादन, आयात निर्यात तथा विक्रि वितरणमा रोक लगाएपछि विशेष गरेर प्याकेजिङ् उद्योगहरु प्रभावित भएका छन् । सरकारको उक्त निर्णयले कतिपय औषधि, चालचाउ, बिस्कुट लगायतका प्याकेजिङ् उद्योगहरुमा कच्चा पदार्थ अभावका कारण उत्पादन नै बन्द हुने स्थिीतमा पुगेको उद्योगीहरुको गुनासो छ ।
सूचनामा आयात निर्वातमा पनि भनेकाले रिप्रोसस भएर आएका उद्योगहरुका धेरै गाडी सामान रोकिएको भैरहवा भन्सार कार्यालय वेलहीयाका सूचना अधिकारी तिर्थराज पासवानले बताउनु भयो । यद्यपी कति गाडी रोकिएका छन् त्यो भन्न भन्न नसकिने उहाँले बताउनु भयो ।
सरकारले गत साउन १ गतेदेखि लागुहुनेगरी चालिस माईक्रोन भन्दा कमका प्लाष्टिक उत्पादन, आयात निर्यात तथा विक्रि वितरणमा प्रतिवन्ध लगाएको थियो । सरकारले बजेटमै समावेश गरि पूर्ण रुपमा प्रतिवन्ध लगाएपनि यसको कार्यान्वयन भने भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै भएको हो ।
सरकारको यो निर्णयपछि उद्योगीहरुले आयात गरेका प्लाष्टिक सिट भन्सार विन्दुमै रोकिएका छन् । प्लाष्टिक झोलाबाट हुने वातावरणीय प्रदूषण नियन्त्रणका लागि उत्पादन बन्द गर्ने निर्णयको आधारमा आयातमा समेत प्रतिबन्ध समेटिदा औद्योगिक उत्पादन प्रभावित भएका हुन् । चाउचाउ, दूध, कापीको लेमिनेसन, औषधिजन्य उत्पादनको ¥यापिङ ४० माइक्रोन भन्दा कमका प्लास्टिकबाट मात्रै गर्न सम्भव भएको सम्बन्धित उद्योगीहरु बताउँछन् । उद्यपी ४० माईक्रोन भन्दा माथिका प्लाष्टिक पनि भन्सार विन्दुमै रोकिएको उद्योगी व्यबसायीले दावी गरेपनि भन्सार कार्यालयले भने ४० माईक्रोन भन्दा माथिका प्लाष्टिक नरोकिएको बताएको छ ।
लालि, करेन्ट चाउचाउ, करेन्ट मसला लगायतको उत्पादन गर्ने यशोदा फूडका संचालक नरिश्वर शर्मा पौडेलले प्लास्टिक अभावले उत्पादन नै बन्द हुने स्थितीमा पुगेको बताउनु भयो । सरकारको उक्त निर्णयसंगै प्लाष्टिकको आयात रोकिँदा उत्पादनमै प्रभावित भएको भन्दै उद्योगी व्यबसायीको टोलीले सम्बन्धित मन्त्रालयका सचिवहरुसंग छलफल समेत गरेको छ । वीरगंज, भैरहवा र विराटनगर भन्सारले प्लाष्टिक आयात गरिएका ट्रक रोकेर राखेको छ । औद्योगिक उत्पादननै प्रभावित भएपछि नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले हालै राजस्व सचिव कृष्णहरि पुष्कर कर्णसँग भेटेर समस्या समाधानको पहल गरिदिन आग्रह गरिएको बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष समेत रहेका यशोदा फडका सञ्चालक पौडेलले बताउनु भयो ।
राजपत्रमा प्रकाशित सूचनामा ४० माईक्रोन भन्दा कमका प्लाष्टिक झोला भनिनु पर्नेमा ‘प्लाष्टिकका झोला’ भन्ने शब्द छुटेकोले वातावरण विभागले संशोधनको तयारी गरेको छ । विभागले संशोधनको मस्यौदा वातावरण मन्त्रालयमा पठाईसकेको जनाएको छ ।