कपिलबस्तुको वाणगंगामा काँग्रेस नगर सभापतिमा विष्णु थापा निर्वाचित

1.3K

कपिलबस्तुको वाणगंगामा काँग्रेस नगर सभापतिमा विष्णु थापा निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तुको वाणगंगामा बुधबार राती नगर अधिवेशन सम्पन्न भएको छ । नगरको नेतृत्व लिनको लागि भएको त्रिपक्षीय प्रतिस्पर्धामा १६ मतको अन्तरले सभापति पदमा विष्णु थापा निर्वाचित हुनु भएको छ ।
नगर सभापतिमा निर्वाचित थापाले १२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बिरेन्द्र श्रेष्ठले १०५ र रविराज आचार्यले ४१ मत प्राप्त गर्नुभएको थियो । अधिवेशनमा २७० जना क्षेत्रीय प्रतिनीधिले मतदान गरेका थिए ।
अधिवेशनबाट एक उपसभापति बाहेक बाँकी सबै पदमा थापा प्यानलका उम्मेदवार विजयी भएका छन् । थापाको प्यानललाई नेता अत्तहर कमाल मुसलमानको साथ थियो भने श्रेष्ठलाई अर्का नेता दीपकुमार उपाध्यायले सहयोग गर्नुभएको थियो । केन्द्रको समिकरणमा मुसलमान पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपाध्याय सभापति शेरबहादुर देउवा समुहमा हुनुहुन्छ ।
अधिवेशनबाट उपसभापति पदमा १४० मत सहित भगवान दास चौधरी र १३५ मत सहित रमेशचन्द्र भुसाल निर्वाचित हुनु भएको छ । उपसभापतिमा चौधरी श्रेष्ठको प्यानलबाट निर्वाचित हुनु भएको हो ।
त्यस्तैगरी सचिव पदमा १४१ मत सहित सुर्यप्रसाद बराल र १३२ मत सहित गोविन्द्रप्रसाद आचार्य तथा सहसचिवमा १२९ मत सहित शान्ता पोखरेल र १२२ मत सहित सुभाष पौडेल निर्वाचित हुनु भएको छ ।