नेपाली काँग्रेसको १४ औं महाधिवेशन : को को आए कपिलबस्तुको पालिका सभापतिमा ?

1.3K

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : को को आए कपिलबस्तुको पालिका सभापतिमा ?

मणिप्रसाद गैह्रे /

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लाका १० पालिका मध्ये ९ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । त्यसमध्ये महाराजगञ्जनगरपालिकाको सभापतिमा रामअचल चौधरी सर्वसम्मत निर्वाचित हुनु भएको हो । बाँकी ८ वटा पालिकामा निर्वाचन भएको थियो ।
कपिलबस्तुको सदरमुकाम कपिलबस्तु नगरपालिकाको सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित हुनु भएको छ । उहाँले ८२ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५६ र मायाँ ज्ञवालीले ७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै बाणगंगा नगरपालिकाको सभापतिमा विष्णुबहादुर थापा निर्वाचित हुनु भएको छ । उहाँले १२१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी उम्मेद्वार बिरेन्द्र श्रेष्ठले १०५ र रबिराज आचार्यले ४१ मत प्राप्त गर्नुभएको थियो ।
बुद्धभूमि नगरपालिकाको सभापतिमा माधव दमासे विजयी हुनु भएको छ । सभापतिमा विजयी दमासेले १९४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी सुशिलकुमार चौधरीले ४० मत प्राप्त गर्नुभएको छ ।

शिवराजनगरपालिकाको सभापतिमा मधुसुदन पोखरेल ११८ मत सहित विजयी हुनु भएको छ । अर्का प्रतिस्पर्धी राजु खरालले ८७ मत प्राप्त गर्नुभएको थियो । कृष्णनगर नगरपालिकाको सभापतिमा देवानन्द शुक्लाले ९५ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी अजय उपाध्यायले ७९ मत प्राप्त गर्नुभयो ।
सुद्धोधन गाउँपालिकाको सभापतिमा विश्वम्भर कुर्मी विजयी हुनु भएको छ । उहाँले ५७ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी रामनयन यादवले ४४ मत प्राप्त गर्नुभयो ।
मायादेवी गाउंपालिकाको सभापतिमा शैलेन्द्र दुवे निर्वाचित हुनु भएको छ । सभापतिमा निर्वाचित दुवेले ७३ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी तबारक मुसलमानले ५९ मत प्राप्त गर्नुभयो ।
विजयनगर गाउंपालिकाको सभापतिमा १ मतले जानकीप्रसाद यादव निर्वाचित हुनु भएको छ । यादवले ५३ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी राजेश उपाध्यायले ५२ मत प्राप्त गर्नुभएको थियो ।
कपिलबस्तु जिल्लाको यशोधरा गाउँपालिकामा वडामै विवाद भएका कारण उक्त गाउँपालिकाको अधिवेशन हुन सकेको छैन । यशोधरा गाउँपालिकाको वडा नं. ७ मा विवादका कारण वडा अधिवेशन रोकिँदा गाउँपालिकाको पनि अधिवेशन रोकिएको हो । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले वडाको विवाद समाधान गरेर वडा र गाउँपालिकाको निर्वाचित छिटै गरिने बताउनु भयो ।