बुटवल उद्योग बाणिज्य संघमा नवउद्यमशाला कार्यक्रमको लागि आवेदन आह्वान

502

बुटवल उद्योग बाणिज्य संघमा नवउद्यमशाला कार्यक्रमको लागि आवेदन आह्वान

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ । नविनतम सोच भएका युवा उद्यमीलाई व्यबसाय अभिबृद्धिको साथै व्यबसायिक प्रवद्र्धनको लागि आयोजना गरिएको कार्यक्रममा नव उद्यमीलाई आवेदन आह्वान गरिएको हो ।
पहिलो संस्करणमा सफल भएको यो कार्यक्रम दोस्रो संस्करणमा पुन सञ्चालन गर्न लागिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताउनु भयो । यो कार्यक्रममा सहभागि हुनको लागि व्यबसायको संस्थापक नेपाली नागरिक हुनुपर्ने, व्यबसाय सञ्चालन भएको ३ वर्ष नपुगेको हुनुपर्ने र नवीनतम सोचको लागि अवधारणा पेश गर्नुपर्ने न्यूनतम मापदण्ड निर्धारण गरिएको संघका व्यबसाय बिकास अधिकृत तथा कार्यक्रमका फोकल प्रसन केशव ढकालले बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी बाणिज्य क्याम्पसको साझेदारीमा सञ्चालन गरिने उक्त कार्यममा सहभागि हुन चाहने नव उद्यमीले आगामी कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने उहाँले बताउनु भयो । यो कार्यक्रमका माध्यमबाट व्यापार विस्तार तथा व्यबसाय सञ्जाल पहिचनमा सहजता, विजनेश कोच र मेन्टरशिप, मासिक तालिम लगानी मैत्री वातावरणको लाभ लिन सकिने पनि उहाँले बताउनु भयो ।