पच्चिस दिनसम्म पनि उठेन सीताको शव : कहिले ल्याउँछ प्रहरीले तथ्य ?

434

पच्चिस दिनसम्म पनि उठेन सीताको शव : कहिले ल्याउँछ प्रहरीले तथ्य ?

गत भदौ २० गते बिहान आफ्नै घरको कोठामा मृत भेटिएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामकी सीता भण्डारीको शव २५ दिन बितिसक्दा पनि उठाईएको छैन ।
सीताको माईती पक्षले परिवारका सदस्यहरुको योजनामा हत्या भएको दावी गरेपनि पाष्टमार्टम रिपोटमा आत्महत्या देखिएको छ । मृतक सीताको माईती पक्षले जेठाजु हरिप्रसाद भण्डारी नगरपालिकाका जनप्रतिनीधि भएको र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक आफन्त भएका कारण पैसा र शक्तिको बलमा पोष्टमार्टम रिपोट आत्महत्या देखाईएको दावी गरेका छन् । त्यसैकारण उनीहरुको माग अनुसार सीआईविको टोली जिल्ला आएर अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको सुरुको समयमै जाहेरी दिनजाँदा प्रहरीले जाहेरी लिन नमान्नुले पनि यसलाई बल पु¥याएको छ । माईति पक्षले आन्दोलन चर्काएपछि मात्रै आत्महत्या दुरुत्साहन उजुरीमा अनुसन्धान गरिरहेको थियो ।
सीआईविको टोलीले अनुसन्धान गरेपनि प्रहरी अनुसन्धान फितलो भएको र सत्यतथ्य लुकाउन खोजिएको भन्दै सडक आन्दोलन तताएका छन् । उनीहरुले बुधबार मात्रै तिलोत्तमाका १३ वटा वडा कार्यालयमा तालावन्दि समेत गरिदिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर समेत भएकाले मन्त्री खाणलाई समेत जोडर प्रहरी प्रशासनको आलोचना हुन थालेको छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले सिआईविको टोलीले अनुसन्धान गरिरहेकोले सत्यतथ्य छिटै बाहिर आउने बताउनु भएको छ । माईति पक्षको आन्दोलन नरोकिएपछि प्रहरीले मृतक सीताका श्रीमान टिका पौडेल सहित तिलोत्तमा ५ का वडा सदस्य रहेका जेठाजु हरि पौडेल र आमाजु (टिकाकी दिदी) विष्णुलाई नियन्त्रणमा लिएको छ । यद्यपी आन्दोलन रोकिएको छैन ।