रुपन्देही प्रशासनकाे चाडपर्व लक्षित सुरक्षा याेजना : सुरक्षा सावधानी अपनाउन आग्रह

300

रुपन्देही प्रशासनकाे चाडपर्व लक्षित सुरक्षा याेजना : सुरक्षा सावधानी अपनाउन आग्रह

जिल्लाकाे शान्ति सुरक्षालाई लक्षित गरेर जिल्ला सुरक्षा समिति रुपन्देहीले चाडपर्व लक्षित विशेष सुरक्षा याेजना बनाएकाे छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार प्रशासनले उक्त सुरक्षा याेजनामा रहेर सबै प्रकारकाे सुरक्षा व्यवस्था मिलाउने छ ।

चाडपर्वकाे समयमा स्थानीय प्रशासनले विशेष गरेर अपराधजन्य घटना हुन नदिने, आपूर्ति व्यबस्थापन तथा यात्रुरुकाे आवागमनलाई सहज बनाउने गरि सुरक्षा याेजना बनाईएकाे उहाँले बताउनु भयाे । त्यसकाे लागि प्रशासनले सराेकारवाला निकायसंंग समन्वय गर्नेछ ।

जनतालाई सुरक्षाकाे प्रत्याभूति हुनेगरी प्रहरी परिचालन तथा प्रहरीकाे माेवाइल गस्ती, संभव भएका स्थाथानमा सिसिटिभिबाट माेनिटरिङ, आवागमन सहज बनाउन ठाउँठाउँमा चेकिङ् समेत गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भयाे ।

त्यस्तैगरी यात्रुकाे आवागमनलाई सहज बनाउन सवारी साधनकाे क्षमता भन्दा बढी यात्रु नचढाउन उहाले यातायात व्यवसायीलाई आग्रह गर्नुभएकाे छ । त्यस्तै आम नागरिकले पनि सुरक्षा सावधानी अपनाउन र प्रहरी प्रशासनलाई सहयाेग गर्न आग्रह गर्नुभयाे ।

विशेष गरेर चाडपर्वकाे समयमा हुने चाेरी, लुटपाट लगायतका अपराधिक कृयाकलाप हसन नदिन प्रशासन चनाखाे रहेकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे -“कुनैपनि किसिमकाे अपराधिक कृयाकलाप हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाउछाैँ ।”