नेपाली काँग्रेस वाणगंगामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

131

नेपाली काँग्रेस वाणगंगामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

नेपाली काँग्रेस वाणगंगा नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत बुधवार पालिका अन्तर्गतको अधिबेशनबाट निर्वाचित कपिलवस्तु वाणगंगा नगर समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो।

निर्वाचित नगरसभापति विष्णु बहादुर थापा ,उपसभापतिमा रमेश चन्द्र भुसाल र भगवानदास चौधरी, सचिबमा सुर्य प्रसाद बराल र गोबिन्द आचार्य तथा सहसचीवमा सुबास पौडेल र शान्ता पोख्रेल सहित सर्वसम्मत भएका सदस्यहरुलाइ नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सदस्य रवि बहादुर काफ्ले ,आमन्त्रित जिल्ला सदस्य धुर्व नेपाल, नेपाल शिक्षक महासघंका जिल्ला अध्यक्ष देवकला सुवेदी र निर्वाचन अधिकृत रामप्रसाद भण्डारी , तरुणका जिल्ला सभापति शक्ति सिंह ठकुरी र संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतले निर्वाचित सबैलाइ खादा, अविर र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

वाणगंगा नगरपालिकामा नगरप्रमुख तथा नेपाली काँग्रेसका नगरसभापति मंगलप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सदस्य रबि बहादुर काफ्लेले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

नगर सभापति विष्णु थापाले आगामी निर्वाचनमा वाणगंगा नगरका ११ वटै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगामी निर्वाचनमा वाणगंगामा सवै वडा जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउने बताउनु भयो । नगर सभापति थापाले वाणगंगालाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता पनि जनाउनु भयो । यस निर्वाचनमा केहि व्यक्तिले गुटबन्धी गर्ने खोजेको आरोप लगाउँदै अवका दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्ने बताउदै थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्ने बताउनु भयो ।