राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे दाेस्राे क्लव एसेम्ब्ली

313

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे दाेस्राे क्लव एसेम्ब्ली

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे दाेस्राे क्लव एसेम्ब्ली गरिएकाे छ । शुक्रबार साँझ गरिएकाे कार्यक्रममा क्लवकाे १ वर्षे कार्ययाेजना अनुसार हालसम्म भएका गतिविधिहरुकाे समीक्षा तथा बाकी कार्यक्रमका बारेमा छलफल भएकाे थियाे ।
त्यस अवसरमा बाेल्दै राेटरी जाेन २८ की एसिस्टेन्ट गभर्नर देवी गुरुङ्ले मेम्बरशिपमा जाेड दिन र गभर्नरले लिएकाे लक्ष्य अनुसारका थप काम गर्न समेत आग्रह गर्नुभयाे । त्यस्तैगरि आरसिसि भिलेजकाे लागि डिष्ट्रकबाट १ हजार डलर उपलब्ध हुने जानकारी गराउँदै उहाले समुदायकाे आवश्यकताकाे आधारमा कार्यक्रम सञ्चालन गर्न सकिने बताउनु भयाे ।
त्यसअवसरमा एड्मिस्ट्रेसन कमिटि चियर टिकाराम पाण्डे, मेमबरशिप कमिटि चियर केशव कुवँर, पब्लिक ईमेज चियर भगवती अर्याल, सर्भिस प्राेजेकट कमिटि चियरकाे तर्फबाट अर्जुनप्रसाद आचार्य, राेटरी फाउण्डेशन चियर सराेज पन्तले क्लवले हालसम्म गरेका गतिबिधि र भावी याेजनाकाे बारेमा  बारेमा जानकारी गराउनु भएकाे थियाे ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष गाेपाल ज्ञवाली, काेषाध्यक्ष देवीराम पाण्डे लगायतले भनाई राख्नुभएकाे थियाे ।