एमालेको विधान महाधिवेशन : ओलीलाई फेरी अध्यक्ष बनाउने गरी विधानको व्याख्या

1.3K

एमालेको विधान महाधिवेशन : ओलीलाई फेरी अध्यक्ष बनाउने गरी विधानको व्याख्या

नेकपा एमालेको विधान महाधिवेशनले अध्यक्ष केपि शर्मा ओलीलाई फेरी एक कार्यकाल अध्यक्ष बन्न मिल्ने गरि विधानको व्याख्या गरिएको छ । एमालेले एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद निर्धारण गरेको हो ।
७० वर्ष उमेर पुरा नहुँदासम्म उम्मेद्वार हुन पाउने र कार्यकालकै विचमा उमेर हद पुरा भएपनि त्यो कार्यकाल पुरा गर्न पाउने गरी एमालेले विधानमै व्यबस्था गरेको हो । ७० वर्षे उमेर हदको यो व्याख्या अध्यक्ष ओलीलाई अनुकुल हुनेगरी बनाईएको हो ।
एमालेले आगामी असोजमा पार्टीको महाधिवेशनको मिति तय गरिसकेको छ । अध्यक्ष ओलीको फेरी एक कार्यकाल अध्यक्ष बन्ने योजना छ । अध्यक्ष ओली आगामी फागुनमा ७० वर्ष पुरा हुने भएकाले असोजमा हुने महाधिवेशनमा उम्मेदवार बन्न पाउने गरि विधानमा उमेर हदको व्याख्या गरिएको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिएको छ । उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा यी दुई पद राखिएको थिएन । समुहगत छलफलमा यो विषय जोडदार रुपमा उठेपछि वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरिएको हो ।
अव एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी पदाधिकारी संख्या १५ हुनेछ । विषयगत छलफलमा कोषाध्यक्ष पनि राख्नुपर्ने माग उठेको भएपनि लोकप्रिय मतका आधारमा चुनाव जितेपनि विषयविज्ञ नहुने भएकाले आर्थिक विभाग प्रमुखलाई नै निरन्तरता दिनेगरी विधानमा व्यबस्था गरिएको छ ।