रुपन्देहीमा खुकुरी प्रहार गरी सहकर्मीको हत्या

203

रुपन्देहीमा खुकुरी प्रहार गरी सहकर्मीको हत्या

रुपन्देहीमा आफूसंगै काम गर्ने सहकर्मीको खुकरी प्रहारबाट एक जनाको हत्या भएको छ । खुकुरी लागेर अर्का एक जना घाईते भएका छन् । आफ्नै सहकर्मीले गरेको खुकुरी प्रहारबाट रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ३ बेतानीमा रहेको प्लाई उद्योगमा काम गर्ने नवलपरासी सुस्ता ३ का अवधेश चमारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोही उद्योगमा काम गर्ने भारतीय नागरिक रवि सिंहले चमारलाई खुकुरी प्रहार गरेका थिए । आईतबार राती रबिले खुकुरी प्रहार गर्दा गम्भिर घाईते चमारको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताउनु भएको छ । उहाँका अनुसार मजदुरहरु बिच आपसमा विवाद भएपनि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारबाट अवधेशका बुवा गोपिचन्द्र चमार समेत घाईते भएको प्रहरीले जनाएको छ । घाईते गोपिचन्द्रको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने भारतीय नागरिक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।