ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष गैरेको निधन

1.3K

ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष गैरेको निधन

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष रेश्मीराज गैरेको निधन भएको छ । उहाँको उपचारको क्रममा ६० वर्षको उमेरमा मंगलबार बिहान रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध संस्था नेपाल कारखाना श्रमिक संघका केन्द्रीय उपाध्यक्ष समेत रहका गैरे बुटवल ११ कालिकानगर निवासी हुनुहुन्छ । लामो समय मजदुर आन्दोलनमा विताएका गैरेको श्रीमती सहित दुई छोरा र एक छोरी हुनुहुन्छ ।