बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६२ टाेलमध्ये ५० टाेलमा नेपाली काँग्रेसले टाेल संयाेजककाे जिम्मेवारी दिएकाे छ । त्यस्तै बाकि १२ वटा टाेलमा पनि जिम्मेवारी दिइने काँग्रेसका वडा सभापति जीतबहादुर मल्लले जानकारी दिनुभयाे ।
बुटवलका वडा नं. ११ लाई नेपाली काँग्रेसकाे कमजाेर वडा मानिन्छ । उक्त वडामा पार्टीलाई बलियाे बनाउनकाे लागि पार्टीकाे काम गर्नेगरी टाेल संयाेजक ताेकिएकाे उहाले बताउनु भयाे । टाेल संयाेजकले आ-आफ्नाे टाेलमा समस्याहरु समेत पहिचान गरेर समाधानकाे लागि पार्टीमा समेत समन्वय गर्नेछन ।
त्यसैगरी उक्त वडामा पार्टकाे सल्लाहकार समेत मनाेनयन गरिएकाे छ । निवर्तमा सभापति चित्रबहादुर बर्मा, कदरबहादुर रायमाझी, काजिमान श्रेष्ठ, सावित्रा टण्डन, बालकृष्ण अर्याल, नारायण भट्टराई, नेत्र भट्टराई, भिम राना लगायत नेताहरुलाई सल्लाहकार मनाेनयन गरिएकाे हाे ।
चाडपर्वकाे अवसर पारेर बुधबार आयाेजित शुभकामना आदान-प्रदान कार्यक्रममा काँग्रसका नवनिर्वाचित बुटवलका पदाधिकारीहरु, वडाबाट नगरमा निर्वाचित सदस्यहरुलाई सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रममा पार्टीका जिल्ला सचिव रामकृष्ण खाँण, क्षत्र नं. २ का सभापति हरि लम्साल, प्रदेश निर्वाचन क्षत्रका सभापति माधवलाल देवकाेटा, परशुराम ढकाल, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।