काँग्रेस महाधिवेशन : गुल्मीको मदानेमा महेन्द्रबहादुर कवँर सर्वसम्मत

704

काँग्रेस महाधिवेशन : गुल्मीको मदानेमा महेन्द्रबहादुर कवँर सर्वसम्मत

नेपाली काँग्रेस गुल्मी मदाने गाँउपालिकाको सभापतिमा महेन्द्रबहादुर कुँवर निर्वाचित हुनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तरगत भएको पालिका अधिवेशनबाट कुवँर सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो ।
गएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजीत भएका कुवँरलाई पार्टी हाँक्ने अवरस प्राप्त भएको छ । महेन्द्र पार्टीको लागि कठोर संघर्ष गरेका चेतबहादुर कुवँरका छोरा हुनुहुन्छ ।
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत भएको पालिका अधिवेशनबाट गुल्मीका १२ स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकाको सभापतिमा जयश्वर पन्थी, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, ईश्मामा कृष्ण रिजाल, धुर्कोटमा हरिबहादुर थापा, गुल्मीदरवारमा प्रेम पुन, छत्रकोटमा धातानन्द भुसाल, रुरुमा देवेन्द्र मल्ल, सत्यवतीमा विष्णु भण्डारी, चन्द्रकोटमा विष्णुप्रसाद भण्डारी, मुसिकोटमा मोहन घिमिरे र कालीगण्डकीमा निमबहादुर श्रीस निर्वाचित हुनुभएको छ ।