सीता भण्डारी मृत्यु प्रकरण : पक्राउ परेका तीनै जना पुर्पक्षको लागि कारागार चलान

185

सीता भण्डारी मृत्यु प्रकरण : पक्राउ परेका तीनै जना पुर्पक्षको लागि कारागार चलान

रुपन्देहीको तिलोत्तमा मणिग्रामकी सीता भण्डारी मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । प्रहरीले मृतक सीताका श्रीमान टिका पौडेल, तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडा सदस्य समेत रहेका जेठाजु (टिकाको दाजु) हरि पौडेल र आमाजु (टिकाकी दिदी) विष्णुलाई पक्राउ गरेको थियो ।
अदालतको आदेश अनुसार पुर्पक्षको लागि उनीहरु तीनै जनालाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । गत भदौ २० गते बिहान करिव साढे ४ बजेको समयमा आफ्नै घरमा २७ वर्षीय सीता मृत अवस्थामा भेटिएकी थिइन् । उनलाई आत्महत्या दुरुत्साहन मुद्धामा इलाका प्रहरी कार्यालय बुटवल र केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबि)को टोलीले अनुसन्धान गरेको थियो ।
रुपन्देही जिल्ला अदालतमा मंगलबार र बुधबार भएको छुनछेक बहसबाट पक्राउ परेका तीनै जनालाई थुनामा राख्न आदेश भएको थियो । सोही अनुसार प्रहरीले भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।