याे वर्षकाे मनसुन बाहिरिन सुरु गरेकाे छ । याे वर्ष नेपालमा औसत मितिभन्दा करिव एक हप्ता ढिलागरी मनसुन बाहिरिन सुरु गरेकाे माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ हाे । याे वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको जनाएकाे छ । त्यस्तै आगामी केही दिनमा देशका बाँकी भू-भागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको छ।
