रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झडप : पचास जना भन्दा बढी घाईते

439

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झडप : पचास जना भन्दा बढी घाईते

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सथायनी र प्रहरी बिच झडप भएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अतिक्रमण हुन थालेपछि त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । स्थानीयले प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारवाही गरेको स्थानीय प्रशासनले जनाएको छ ।
औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । आईतबार अपरान्ह ४ बजेदेखि अर्को सूचना नहुँदासम्मको लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने निषेधाज्ञा लगाईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी गराउनु भयो ।
औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरि बस्ने सुकुम्बासीको समुह र प्रहरी बिच झडप हुँदा प्रहरीले गोली समेत चलाएको थियो । दोहोरो झडपमा परि ५० जना भन्दा बढी घाईते भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गाबाट हटाउन थालेपछि उनीहरुले प्रहरी माथि ढुंगा प्रहार गरेको प्रजिअ तिवारीले बताउनु भयो ।