लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

1.3K

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मनत्रीहरुले सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई आईतबार अपरान्ह प्रदेश प्रमुख अमिक सेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसीले आईतबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीमा इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा तिलकराम शर्मा र कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा रमा घतीलाई नियुक्त गर्नुभएको थियो ।
राना, हमाल र खाँ नेपाली काँग्रेसबाट, थारु र शर्मा माओवादी केन्द्र तथा घर्ती एकिकृत समाजवादीबाट मन्त्री बन्नु भएको हो ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई आईतबार नै सपथ ग्रहण गराइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक सेरचन र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री कुलप्रसाद केसीले सपथ ग्रहण गराउनु भएको हो ।