रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको झडपमा घाईते भएका तीन जनाको मृत्यु

1.3K

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको झडपमा घाईते भएका तीन जनाको मृत्यु

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाईते भएका तीन जनाको मृत्यु भएको छ । थप तिन जनाको अवस्था गम्भिर रहेको र उनीहरु मध्ये १ जनाको भेन्टीलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत तेज केसीका अनुसार उक्त अस्पतालमा ५ जना प्रहरी सहित १३ जनाको उपचार भएको थियो ।
मोतिपुर औद्योगिक क्षेत्रमा आईतबार भएको झडपमा परि ५० बढी घाईते भएका थिए । बाँकीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।