मोतिपुर औधोगिक क्षेत्रको बारेमा व्यवसायिक संस्थाहरुको धारणा : सिघ्र सञ्चालन होस्

228

मोतिपुर औधोगिक क्षेत्रको बारेमा व्यवसायिक संस्थाहरुको धारणा : सिघ्र सञ्चालन होस्

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा अतिक्रमण प्रति यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । लुम्बिनी प्रदेशको बहुप्रतिक्षित र यस क्षेत्रको भाग्य रेखा हुने बिश्वास गरिएको मोतिपुर औधोगिक क्षेत्रकोशिलान्यासको क्रममा देखिएको अबरोध र हाल मोतिपुर औधोगिक क्षेत्रको नाममा रहेको जग्गा तिब्ररुपमा कब्जा गर्ने कार्य प्रति व्यवसायिक संस्थाहरुले गम्भिर रुपमा ध्यानाकर्षण भएको जनाएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे र औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईले आईतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर मोतिपुर औद्योगिक क्षेत्रमा भएको अवरोधको निकास सहित सिघ्र सञ्चालनको वातावरण तयार गर्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तीमा भनिएको छ –

लुम्बिनी प्रदेशको बहुप्रतिक्षित र यस क्षेत्रको भाग्य रेखा हुने बिश्वास गरिएको मोतिपुर औधोगिक क्षेत्रकोशिलान्यासको क्रममा देखिएको अबरोध देखी लिएर हाल मोतिपुर औधोगिक क्षेत्रको नाममा रहेको जग्गा तिब्ररुपमा अनाधिकृत रुपमा कब्जा गर्ने कार्य प्रति यस क्षेत्रका व्यवसायीक संघ संस्थाहरुको ध्यानाकर्षण भएको छ ।
बिगत लामो समय देखी नेपालमा नै औधोगिक क्षेत्रको स्थापना हुन नसकिरहेको सन्र्दभमा बुटवल उधोग बाणिज्य संघ, रुपन्देहीले राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा तात्कालिन मोतिपुर गा.बि.स संग २०६९ साल चैत्र १ गते प्रस्ताबित मोतिपुर औधोगिक क्षेत्र स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरी बिभिन्न स्थानिय निकाय, व्यसायीक संघ संस्था, रुपन्देही जिल्लाका सम्बन्धित कार्यालयहरु तथा स्थानिय, जिल्ला तथा राष्ट्रिय स्तरका राजनितिक प्रतिनिधिहरुसंग सहकार्य, समन्वय, सर्मथन र सहयोगमा यो प्रक्रियालाई अगाडी बढाई औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा २३८ बिघा क्षेत्रफलको जग्गाको स्वामित्व प्राप्त गर्न सफल भएको थियो ।
नेपाल सरकारले मोतिपुर औधोगिक क्षेत्रको स्वामित्व ग्रहण गरी लुम्बिनी प्रदेश अन्र्तगत मोतिपुर औधोगिक क्षेत्र लगायत अन्य ६ वटै प्रदेशमा पनि १००० बिघा क्षेत्रफलको प्रादेशिक स्तरमा औधोगिक क्षेत्रको निमार्णको लागि २०७३।७४ को बजेट मार्फत बिनियोजन गरेको थियो । सोही अनुसार तात्कालिन मोतिपुर गा.बि.स, फर्साटिकर गा.बि.स, अमुवा गा.बि.स, टिकुलीगढ गा.बि.स र आनन्दवन गा.बि.स मा करिब ८१४ बिघा जग्गा नेपाल औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड को नाममा लालपुर्जा नेपाल सरकारबाट उपलब्ध भएको थियो । नेपाल सरकार उधोग मन्त्रालय मार्फत प्रारम्भिक अध्ययन प्रतिवेदन तैयार भै औधोगिक क्षेत्र स्थापनाको लागि उधोग मन्त्रालय अन्तर्गतको औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट उक्त क्षेत्रमा औधोगिक क्षेत्र स्थापनाको लागि बिस्तृत परियोजना प्रतिबेदन (म्एच्०सम्पन्न भैसकेको समेत अनुरोध गर्दछौ ।
मोतिपूर औद्योगिक क्षेत्र निर्माण भएपछि यस क्षेत्रमा एक प्रकारको औद्योगिक वातावरण बन्ने आशा र विश्वास गरिएको भएतापनि त्यसमा भएको अवरोध तथा अनाधिकृत ब्यक्तिहरुको जग्गा अतिक्रमणले हामीहरुलाई चिन्तित बनाएको छ । मोतिपुर औधोगिक क्षेत्रको स्थापना पहिले देखी नै उक्त क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुको समस्यालाई यथाशिघ्र सम्बोधन गर्दै सम्बद्य सरकारी निकायहरुले यथाशिघ्र पहल गर्दै निकास सहित मोतिपुर औधोगिक क्षेत्रको स्थापनाका साथै शिघ्र संचालनका लागि हार्दिक अनुरोध गर्दछौ ।