वर्षाले धान नष्ट भएपछि कपिलवस्तुका किसान मारमा

1.3K

वर्षाले धान नष्ट भएपछि कपिलवस्तुका किसान मारमा


खेमानन्द पाठक / कपिलवस्तु ।

धान भित्र्याउने बेलामा वर्षा भएसंगै काटेर राखिएको धान भिजेर खेतमै नष्ट भएको छ । आइतबारदेखि अविरल रुपमा भइरहेको वर्षाका कारण कपिलवस्तु धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्र्याउने बेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसान बढी मर्कामा परेका छन् । अन्य किसानसमेत मारमा परेका छन् । वर्षातका कारण कपिलवस्तुका सयौँ किसानको हजारौँ विगाह जमिनको धान भिजेको छ । एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा परेका छन् । लगातारको वर्षाले धान संगै भरखर लगाएको आलु संगै, एकदुई अगाडि छरेको तोरी खेतीलाई पनि असर गरेको छ ।


वर्षाका कारण काटिसको धानबालीमा असर परेको छ भने कतिपय किसानले धान भित्राउँदै गर्दा पनि वर्षाका कारण नोक्सानी बेहोर्नुपरेको छ । आइतबार दिउसो कपिलवस्तुमा परेको वर्षाले धान भित्राउन व्यस्त बनेका किसान पानीमा भिजेरै भए पनि धान जोगाउन लागे भने वर्षा रोकिएपछि भिजेको धान थन्क्याउँन लागेका थिए । वाणगंगा नगरपालिका–११ चेतियाका कृषक शिवपुजन थारुले एक विगाहाको धान मजदुर लगाएर कटाई खेतमा राखेका थियौ आज सोमवार उठाउने तयारी थियो तर, एक्कासी ठूलो पानी पर्दा खेतमा रहेको धान सवै भिजेको बताउनुु भयो ।
यस वर्ष कपिलवस्तुमा धानबालीबाट राम्रो उत्पादन हुने सम्भावना भईरहेका बेला वर्षाका कारण केही क्षती पुगेको छ । कृषि ज्ञान केन्द्रले यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने अनुमान गरेको थियो । धान स्याहार्ने मुख्य समयमा परेको वर्षाका कारण उत्पादनमा समेत नोक्सानी हुन सक्ने कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख रविन्द्रनाथ चौबेले बताउनुभयो । धान वालीको अवस्था हेर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादन ७ प्रतिसत बढ्ने अनुमान गरिएको प्रमुख रविन्द्रनाथ चौबेले बताइरहेका बेला वर्षाका करण किसानले क्षेती बेहोर्नुपरेको र यसले उत्पादित धानमा केही केहीले कमी आउन सक्ने छ ।

वाणगंगा नगरपालिका–११ चेतियाका कृषक कैलाश थारुले लगाएको आलु खेती बर्षाले डुवानमा

धेरै दिनको चर्काे गर्मी र लगातारको सफा मौसमका कारण किसानहरु दशैँ अगावै धान काट्न व्यस्त थिए । यस वर्ष कपिलवस्तुमा धानबालीबाट राम्रो उत्पादन हुने सम्भावना भईरहेका बेला वर्षाका कारण केही क्ष्यती पुगेको छ । कृषि ज्ञानकेन्द्रले यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने अनुमान गरेको थियो । धान स्याहार्ने मुख्य समयमा परेको वर्षाका कारण उत्पादनमा समेत नोक्सानी हुन सक्ने कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख चौबेले बताउनुभयो ।साथै यो वर्षाले कति क्षेति गरेको छ ,यसको विवरण संकलन भईरहेको उहाँले बताउनु भयो । यो वर्ष ७१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।