कांग्रेस तिलोत्तमाले गर्यो गृह मन्त्रीलाई १५ किलोको मालाले स्वागत

410

कांग्रेस तिलोत्तमाले गर्यो गृह मन्त्रीलाई १५ किलोको मालाले स्वागत


गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो गृह जिल्ला साथै आफ्नो गृह नगर तिलोत्तमामा भव्यताका साथ स्वागत गरिएको छ । गृह मन्त्री बनेपछि पहिलोपटक सोमबार रुपन्देही आउनु भएका खाँणलाई तिलोत्तमा नगर पालिका वडा नं ८ उहाकै निवासमा कांग्रेस तिलोत्तमा नगर समितिले १५ किलोको मालाले स्वागत गरिएको हो ।
नगर सभापति हरिलाल पाण्डेको टिम लगाएत जिल्ला सभापति अब्दुल रज्जाकले खाँणलाई १५ किलोको मालाले स्वागत गरिएको हो । स्वागत कार्यक्रममा विहानै देखि कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
गृह मन्त्री भए पछि पहिलो पटक आफ्नो घर आई आमाको हात बाट टिका माला लगाई आशिर्वाद लिनु भएको हो । सरकारी कामको चापका कारण मन्त्री भएको करिव ३ महिना पछि गृह जिल्ला आउने अनुकुल मिले पनि समय अत्यन्त थोरै रहेकाले पुनः छिट्टै फर्कने उहाले जानकारी गराउनु भएको छ ।
भैरहवा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालयसम्म लगिएका खांणलाई त्यहाँ पनि खादा मालाले सम्मान गरिएको हो । मन्त्री खाँणले सोमबार बुटवल ज्योतिनगर पहिरो अवलोकन,स्व प्रेम नारायण खरेलको शोमसभा र कांग्रेस नेता दीर्घबहादुर केसी कुमारको घरमा पनि पुगेर केसीको आमाको शोकसभामा सहभागी हुनुभएको थियो ।