मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका योजनाकार पक्राउ : अन्यको खोजी हुँदै

1.3K

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका योजनाकार पक्राउ : अन्यको खोजी हुँदै

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोतिपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा अतिक्रमणको लागि बस्ती समिति गठन गरि त्यसको अध्यक्ष समेत रहेका कपिलबस्तुको सुद्धोधन गाउँपालिका वडा नं. ६ का बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा भाडामा बस्ने ४४ वर्षीय साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मुसलमानमाथी प्रहरीले औद्योगिक क्षेत्रको नाममा रहेको सरकारी जग्गामा बस्ती समिति गठन गरि त्यसको अध्यक्षता गरेको, मानिसहरुलाई उक्साएको, टोली गठन गरेको, जग्गा बाडफाँड गरेको, माईन्यूट गर्ने, तथा व्यानर निर्माण गर्ने लगायतका काममा नेतृत्व गर्नेगरेको अभियोग लगाएको छ ।
औद्योगिक क्षेत्रको उक्त जग्गामा अतिक्रमण हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाका वाबजुध पनि निषेधित क्षेत्रमा जम्मा हुने र सरकारी निर्णय कार्यान्वयनमा अवरोध गर्दै आएका थिए । गत असोज २४ गते ४ जनाको ज्यान जानेगरी भएको घटनामा पनि पक्राउ परेका मुसलमानको पत्येक्ष संरग्नता रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले गत सोमबार राती साढे ८ बजेको समयमा बुटवल ११ स्थित आफू बस्दै आएको कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनु भयो । पक्रउ परेका मुसलमानको साथबाट प्रहरीले तीन थान ब्यानर, माईन्यूटको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर र नामावली सहितका कागजात १३ थान, बस्ती विकासको सहयोग रसिद २ थान समेत बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता २०७४ अन्तरगत सार्वजनिक शान्ति विरुद्धको मुद्धा दर्ता गरि १० दिनको म्याद थपगरि थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।