वेमौषमी वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

1.3K

वेमौषमी वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

वेमौषमी वर्षाको कारण आएको बाढी पहिरो र डुवानमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ । त्यस्तै २६ जना वेपत्ता भएका छन् भने २२ जना घाईते छन् ।
विगत ४ दिनदेखि परेको वेमौषमी अविरल वर्षाका कारण आएको बाढी पहिरोले सबैभन्दा धेरै पाँचथरमा मानवीय क्षेती पु¥याएको छ । गृहमन्त्रालयका अनुसार पाँचथरमा २४ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाईते भएका छन् । त्यस्तै इलाममा १३ जनाको मृत्यु भएको छ, ३ जना घाइते र ३ जना वेपत्ता भएका छन् ।
त्यसैगरी डोटीमा १२ जनाको मृत्यु र ५ जना घाईते भएका छन् । पहिरोमा परेर बैतडीमा ४, हुम्लामा ६ र धनकुटामा ७, बझाङ, सुनसरी र उदयपुरमा दुई दुई जना, कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।