एमालेकाे दशाैं महाधिवेशन चितवनमा हुने

308

एमालेकाे दशाैं महाधिवेशन चितवनमा हुने

नेकपा एमालेकाे १० औं महाधिवेशन चितवनमा हुने भएकाे छ। बिहिबार बसेकाे स्थायी कमिटि बैठकले आगामी मंसिरकाे १०-१२ लाई तय गरिएकाे महाधिवेशसन चितवनमा गर्ने निर्णय गरेकाे हाे । महाधिवेशनकाे तयारीकाे लागि रामबहादुर थापाकाे संयाेजकत्वमा २१ सदस्यीय मुल व्यबस्थापन समिति समेत गठन गरिएकाे छ ।
महाधिवेशन अन्तरगत बाढी पहिराे तथा डुवान प्रभावित क्षेत्रकाे वडा तथा पालिका अधिवेशन भने सारिएकाे छ । तर कात्तिक भित्रै सबै वडा र पालिका अधिवेशन सक्नेगरी कार्यतालिका हेरफेर भएकाे एमाले सचिव प्रदिप ज्ञवालीले बताउनु भएकाे छ ।