गुडिरहेको बसमा एक्कासी आगलागी

313

गुडिरहेको बसमा एक्कासी आगलागी

धादिङ्को गजुरीमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ । सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान करिव २ बजेको समयमा एक्कासी आगलागी भएको हो ।
आगलागीका कारण बसमा पूर्ण रुपमा क्षेती भएपपनि मानवीय क्षेती भने हुन नपाएको प्रहरीले जनाएको छ । बस भित्र एक्कासी धुँवा देखिएपछि चालकले बस रोकेर यात्रुलाई झारेकाले मानवीय क्षेत्री नभएको हो । यद्यपी कतिपय यात्रुका लगेजहरु भने जलेको बताईएको छ ।
बसमा आगलागी हुनुको कारण नखुले पनि बसभित्र गरिएको वाईरिङ् सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।