डेमोक्रेटिक लयर्श एशाेसिएशन (डिएलए) रुपन्देहीले बेमाैषमी वर्षाकाे कारण भएकाे जनधनकाे क्षतीप्रती दु:ख व्यक्त गर्दै विपद् व्यवस्थापनमा गम्भीर बन्न सरकारलाई आग्रह गरेकाे छ । एशाेसिएशननकाे आईतबार बुटवलमा बसेकाे बैठकले बेमाैषमी वर्षाका कारण आएकाे बाढी, पहिराे तथा डुवानबाट भएकाे जनधनकाे क्षतीकाे उचित व्यबस्थापन गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई आग्रह गरिएकाे डिएलए रुपन्देहीका सचिव लाेकप्रसाद खरेलले जानकारी गराउनु भयाे ।
एशाेसिएशन रुपन्देहीका अध्यक्ष महेन्द्र पाण्डेकाे अध्यक्षतामा बसेकाे बैठकले संस्थाकाे वार्षिक साधारण सभा यहि असाेजकाे १२ गते शुक्रबारकाे दिन गर्ने निर्णय गरेकाे छ । साधारण सभामा केन्द्रीय प्रतिनिधि समेत चयन गरिने सचिव खरेलले बताउनु भयाे ।
त्यस्तैगरी एशाेसिएशनका अध्यक्ष पाण्डे लुम्बिनी प्रदेश कानुन मस्याैदा आयाेग कार्यदलकाे विज्ञ सदस्यमा नियुक्त हुनुभएकाेमा बधाई ज्ञापन गरिएकाे छ ।