बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्षा पीडित किसानका परिवारलाई तुरुन्त राहत दिन नेपाली काँग्रेस वाणगंगाले सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेस वाणगंगा कार्यसमितिका सभापति विष्णु प्रसाद थापाको नेतृत्वमा गएको कार्यसमितीको टोलीले बाणगंगाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, प्रशासकीय अधिकृत बासुदेव खनाललाई एक ज्ञापनपत्र बुझाउँदै पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्रदान गर्न सरकारसँग माग गरेको हो । ज्ञापनपत्र बुझाउँदै नगर सभापति थापाले वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त अल्पकालीन र दीर्घकालीन प्याकेज घोषणा गर्न सरकार संग अनुरोध गर्नृ भएको छ ।
धानबाली नोक्सान भएसँगै किसानको वार्षिक खाद्यान्नमा समेत असर पर्ने हुँदा क्षतिको मूल्याङ्कन गरी जतिसक्दो चाडो किसानहरुलाई राहत उपलब्ध गराउन माग गरेको नगर सचिव सुर्य बरालले जानकारी दिनु भयो । अविरल वर्षासँगै आएको पानीले कपिलवस्तुको काटेका धानका साथै खेतमै रहेको धानबालीमा नोक्सानी पु¥याएको छ ।