राष्ट्रिय सभाका २० सांसद पदमुक्त हुँदै

359

राष्ट्रिय सभाका २० सांसद पदमुक्त हुँदै

राष्ट्रिय सभाका २० जना सांसद पदमुक्त हुँदैछन् । चारवर्षे कार्यकाल पुरा गरेका एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकिकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ र मनोनित १ गरि २० जना राष्ट्रिय सभा सदस्य आगामी फागुन २० गते पदमुक्त हुन लागेका हुन् ।
२०७४ फागुनमा राष्ट्रिय सभाको पहिलो निर्वाचनबाट निर्वाचित ५९ सदस्यको गोलाप्रथाबाट २ वर्ष र ४ वर्षको कार्यकाल निर्धारण गरिएको थियो । गोलाप्रथाबाट ४ वर्षको कार्यकाल पाएकाहरु बिदा हुन लागेका हुन् । २ वर्षका अघिल्लो वर्ष नै विदा भईसकेका छन् ।

आगामी फागुनमा पदमुक्त हुने सांसदहरु

एमालेका

१. अगमप्रसाद वान्तवा राई
२. कविता बोगटी
३. कोमल वली
४. चक्रप्रसाद स्नेही
५. नैनकला ओझा
६. परशुराम मेघी गुरुङ
७. रामलखन चमार
८. सुमनराज प्याकुरेल

माओवादी केन्द्रका

१. खिमकुमार विक
२. जीवन बुढा
३. दीनानाथ शर्मा
४. शशीकला दाहाल

नेकपा एकीकृत समाजवादीका

१. उदया शर्मा पौडेल
२. ठगेन्द्रप्रकाश पुरी
३. शानितकुमारी अधिकारी जिसी
४. शेरबहादुर कुँवर

नेपाली कांग्रेसका

१. दृगनारायण पाण्डे
२. तारादेवी भट्ट
३. राधेश्याम अधिकारी

मनोनित

१. रामनारायण बिडारी