प्रधानमन्त्रीलाई निर्वाचन आयोगको सिफारिस : स्थानीय तहको चुनाव चैत ५ भित्रै गर्नुपर्छ

736

प्रधानमन्त्रीलाई निर्वाचन आयोगको सिफारिस : स्थानीय तहको चुनाव चैत ५ भित्रै गर्नुपर्छ

निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी चैतको ५ गते भित्रै गर्नुपर्ने सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सहित मन्त्रीहरुसंग सोमबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचनका सन्दर्भमा सरकारलाई सुझाव दिएका हुन् ।
स्थानीय तहका निर्वाचित जनप्रतिनीधिहरुको समयावधी आगामी चैतमा सकिँदै छ । प्रतिनीधि र प्रदेश सभा सदस्यको समयावधि भने १४ महिना बाँकी छ । संवैधानिक व्यबस्था अनुसार संकटकाल बाहेक अन्य परिस्थितीमा स्थानीय तहको समयावधी थप्न नमिल्ने भन्दै निर्वाचन आयोगका पदाधिकारीले सरकारलाई त्यस अगाडि नै स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएका हुन् ।