वजेटमा गरिएको विभेदप्रति महासंघकाे आपत्ति

533

वजेटमा गरिएको विभेदप्रति महासंघकाे आपत्ति

लुम्बिनी प्रदेश सरकारले बजेट विनियाेजनमा गरेकाे विभेदप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले आपत्ति प्रकट गरेकाे छ ।
महासंघ रुपन्देहीले साेमबार एक विज्ञप्ती जारी गरि प्रदेश सरकारले चालू आर्थिक वर्षमा सञ्चार क्षेत्रकाे लागि छुट्याएकाे परिमार्जित बजेटका बिषयमा आपत्ति प्रकट गरेकाे हाे ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल र सचिव विनाेद परियारद्वारा जारी गरिएकाे विज्ञप्तीमा भनिएकाे छ-“सरकारले श्रमजिवी पत्रकार, सञ्चारमाध्यम र सञ्चारसम्वद्ध संस्थाकाे विकासकाे लागि न्यायाेचित रुपमा वजेट विनियाेजन गरेर जिम्मेवार भुमिका वहन गर्न समेत ध्यानाकर्षण गराउदछाैं ।”
त्यस्तैगरी संसदमा दर्ता गरेकाे सञ्चार सम्वन्धि विधेयक तुरुन्त फिर्ता लिन समेत माग गरिएकाे छ ।