प्रमुख प्रतिपक्षी दल नेकपा (एमालेको दशौं महाधिवेशन अन्तरगत आज पालिका अधिवेशन हुँदैछ । एमालेको दशौं महाधिवेशनको पूर्वनिर्धारित तालिका अनुसार आज देशभर पालिका अधिवेशन हुन लागेको हो ।
पालिका अधिवेशनको दिउँसो १ बजे अध्यक्ष केपि शर्मा ओलीले अनलाईन भिडियोको माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महाधिवेनको तालिका अनुसान यहि कात्तिक ६ गते वडा अधिवेशन भएको थियो भने आज पालिका अधिवेशन हुन लागेको हो । यद्यपी बाढी पहिरो प्रभावित क्षेत्र र सहमति हुन नसकेको वडामा भने अधिवेशन हुन सकेको छैन । त्यस्तै वाढी पहिरो प्रवावित र सहमति हुन नसकेका क्षेत्रमा पनि पालिका अधिवेशन सारिएको बताईएको छ ।
पालिका अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना तथा उपसचिव २ जना सहित महानगरपालिकामा १०१, उपमहानगरपालिकामा ८५ तथा नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटि गठन हुनेछ ।